काठमाडौ, १८ पुस । बुटवलदेखि रिडी हिडेको बस रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना भएको छ । शव बोकेर रिडी तर्फ जादै गरेको बस दुर्घटना हुँदा ७ जनाबढीको मृत्यु भएको स्थानीयले बताएका छन् ।
आइतबार बिहान १०ः ३० बजेको समयमा लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो ।बसमा करिव ३५ जना मलामी सवार रहेको बताइएको छ । बसमा सवार ६ जना गम्भीर घाइते रहेको हुँदा उपचारका लागि जिल्ला सदरमुकाम पढाइएको र बाकीको अवस्था सामान्य रहेको छ ।अहिले प्रहरी र स्थानीयसहितको टोलीले उद्दार कार्य गर्दै आएको छ । दुर्घटनाको थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया