नेपाली कांग्रेस नगर सभापति बुढा सहित प्रमुख प्रशासकीय अधिकृत जुवाखालबाट पक्राउ

सुर्खेत, १८ पुस । जाजरकोट भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती सहित १४ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरुलाई गैरीखाली बाट शनिबार राती २ बजे पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा अधिकृत घर्ती सहित नेपाली कांग्रेस भेरी नगरपालिकाका सभापति सशी बुढा रहेका छन् । सभापति बुढा भेरी नगरपालिका ६ का वडाध्क्ष समेत हुन् । पक्राउ पर्नेहरुको विवरण भने प्रहरीले सार्वजनिक गर्न मानेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति