पछिल्लो २४ घण्टामा विश्वभर १५ लाख कोरोना संक्रमित थपिए

काठमाडौँ , १७ पुस । विश्वभर एक दिनमा करिब १५ लाख कोरोना संक्रमित थपिएका छन् ।ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा १४ लाख ९७ हजार १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।अमेरिकामा मात्रै ३ लाख ४६ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।

फ्रान्समा २ लाख ३२, बेलायतमा १ लाख ८९ हजार, इटलीमा १ लाख ४४ हजार जना थपिएका छन् ।त्यसैगरी क्यानडामा ३७ हजार, जर्मनीमा ३३ हजार, पोर्चुगलमा ३० हजार, रुसमा २० हजार र ब्राजिलमा १० हजारमा संक्रमण देखिएको छ ।यही अवधिमा ४ लाख ९१ हजार जना कोरोनामुक्त भएका छन् भने ५ हजार ३९७ जना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा रुसमा ९१२, अमेरिकामा ७११, जर्मनीमा २४४, बेलायतमा २०३, फ्रान्समा १८९ र टर्कीमा १६३ जना छन् ।कोरोनामुक्त हुनेको संख्या फ्रान्समा ५३ हजार, जर्मनीमा ५० हजार, बेलायतमा ४३ हजार, रुसमा ४० हजार र अमेरिकामा ३० हजार छन् । यससँगै विश्वभर कोराना संक्रमितको कूल संख्या २८ करोड, ८३ लाख, २६ हजार ५६५ पुगेको छ । तीमध्ये २५ करोड ३६ लाख ५० हजार निको भएका छन् भने ५४ लाख ५१ हजार जना संक्रमितको मृत्यु भइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति