एमसीसीबारे प्रतिवेदनमा जे छ, त्यही रुपमा बुझ्नुस् – प्रचण्ड

काठमाडौ, १६ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे धेरै बोल्न नपर्ने बताएका छन् ।प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले भनेका छन्, ‘एमसीसीबारे धेरै बोल्नु परेन ।

सारमा जे प्रतिवेदनमा छ, त्यही रुपमा बुझ्नु होला ।’ उनले यसो भन्दा हलमा सहभागीहरुबीच हाँसोको फोहोरा छुटेको थियो ।प्रचण्डले आफ्नो प्रतिवेदनमा ‘परिमार्जनसहित राष्ट्रिय हित अनुकुल बनाएर पारित गर्ने’ भनेका छन् । तर बन्दसत्रमा भएको छलफलमा अधिकांश सहभागीले एमसीसी खारेज गर्नुपर्ने मत राखेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति