तोडफोड गरियो हनुमानढोका क्षेत्रभित्रको मल्लकालीन शिलालेख

काठमाडौं, १६ पुस । हनुमानढोका क्षेत्रभित्र राखिएको मल्लकालीन शिलालेखलाई अज्ञात समूहद्धारा तोडफोड गरिएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बिहीबार कृष्ण मन्दिर बाहिर राखिएको प्रताप मल्लकालीन शिलालेख तोडफोड भएको जानकारी दिए ।

उक्त अभिलेख राजा प्रताप मल्लको समय अर्थात् वि.सं. १७०५ मा राखिएको र अभिलेख तोडफोड भएको जानकारी पछि त्यसका सबै टुक्राहरु संकलन गरेर हेरचाह अड्डामा सुरक्षित राखिएको खनालले बताए ।अभिलेख तोडफोडको बारेमा महानगरीय प्रहरी वृत्त हनुमानढोका र पुरातत्व विभागलाई अभिलेख तोडफोडको बारेमा जानकारी गराइसकिएको र सो अभिलेखको टुक्रालाई जोडेर पहिलेकै अवस्थामा ल्याउनको लागि विज्ञहरुसँग छलफल गरिरहेको हेरचाह अड्डाले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति