काठमाडौं, १५ पुस । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ ।
प्रतिवेदनमाथिको छलफल सकिएपछि माओवादीको स्थायी कमिटी बैठक सुरु भएको छ ।स्थायी कमिटीका एक नेताका अनुसार बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि भनिएको पूरक वा फरक प्रस्तावलाई महाधिवेशनमा वाचन गर्न दिने कि नदिने भन्ने विषयमा छलफल हुनेछ ।प्रचण्डको प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले २५ समूहमा छलफल गरेका थिए ।
त्यसपछि टोली नेताहरुले पालैसँग छलफलको निष्कर्ष सुनाएका थिए ।समूहगत छलफल सकिएपछि अब बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ । शुक्रबार अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेश गर्ने र त्यसपछि प्रचण्डले जवाफ दिनेछन् ।
प्रतिक्रिया