राष्ट्रसंघको २ हजार टन खाद्यान्न लुटिएपछि डार्फुरमा रात्रिकालीन कर्फ्यू

काठमाडौं,१५ पुस । सुडानका अधिकारीले उत्तरी डार्फुरमा विश्व खाद्य कार्यक्रमको खाद्यान लुटिएपछि रात्रिकालीन कर्फ्यु जारी गरेका छन् ।अपरिचित बन्दुकधारीले १७ सयभन्दा बढी टन बराबरको खाद्यान्न लुटेपछि उत्तरी डार्फुरमा रात्रिकालीन कर्फ्यु लगाइएको अल जजिराले जनाएको छ ।

बुधबार राष्ट्रसंघले एक विज्ञप्ति जारी गर्दै जोखिममा रहेका ७ लाख ३० हजार मानिसलाई १ महिनाका लागि भण्डारण गरिएको खाद्यान्न लुटिएको जनाएको छ ।‘सुडानमा हरेक ३ जनामध्ये १ जनालाई मानवीय सहायताको खाँचो छ’, राष्ट्रसंघका मानवीय सहायताकी संयोजक खार्दिएटा लो एन्डियाएले भनिन्, ‘यस खाले खाद्यान्न चाहिएका मानिसलाई वितरण गर्न सक्ने हाम्रो क्षमता अवरुद्ध हुन्छ ।’राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समेत खाद्यान्न लुटपाटको निन्दा गरेका छन् ।

‘जोखिममा रहेका ७ लाख ३० हजार मानिसलाई १ महिनाका लागि राखिएको १७ सयभन्दा बढी टन बराबरको खाद्यान्न लुटिएको छ’, गुटेरेसका एक प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मंगलबार राति शान्ति मिसनले प्रयोग गर्दै आएका गोदाम र भवनमा भण्डारण गरिएको खाद्यान्न लुटिएको हो । खाद्यान्न लुटिएको स्थानमा व्यापक गोली चलेको स्थानीयलाई उदृत गर्दै समाचार माध्यमले लेखेका छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति