ल्होसार पर्वले राष्ट्रिय एकता प्रवर्द्धन गर्नेछ : राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना

काठमाडौं, १५ पुस । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तमु ल्होसार पर्वले सबै नेपालीका बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्ने बताएका छन् ।

तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा २६०६औँ तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तमु ल्होसार जस्ता चाडपर्वको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको दायित्व रहेको बताएका छन् ।

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक रहेको भन्दै हाम्रो देशमा ठाउँ(समुदाय विशेषअनुसार फरकफरक भाषा, धर्म, संस्कृति, वेषभूषा रहेका छन् जुन हाम्रो पहिचान पनि भएको बताएका छन् ।उनले तमु समुदायले पनि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्ने बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति