तमु ल्होसारमा भोलि सार्वजनिक विदा

काठमाडौं, १४ पुस । सरकारले भोलि पुस १५ गतेको तमु ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । केहीबेर अघिको मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।तर निर्णय हुनुअघि नै सामाजिक सञ्जालमा सार्वजनिक विदा हुने भनी गलत सूचना प्रवाह भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले बताए । उनले भने, ‘भर्खरैको मन्त्रिपरिषद बैठकले मात्रै यो निर्णय गरेको हो ।’२०७७ साल चैत ९ गते प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक विदा हुने चाडको सूचीमा थिएन । त्यो सूचनामा सम्बन्धित धर्म संस्कृती मान्ने समूदायलाई मात्रै विदा हुने भनी उल्लेख थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति