काठमाडौं, १४ पुस। नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी आठौँ महाधिवेशनको तेस्रोत दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि ११ वटा समूहले आफ्नो धारणा राखेर सकिएको छ ।कमलादीस्थित नेपाल प्रज्ञा भवनको सभाहलमा चलिरहेको बन्दसत्रमा बुधबार ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएपछि सकिएको माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।उनका अनुसार बिहीबार विहान ११ बजेदेखि पुनः बाँकी समूहले समूहगत छलफलको निष्कर्ष सुनाउने छन् । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदा प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ समूह बनाइएको छ ।
११ समूहको छलफल सकियो, बाँकी बिहीबार ११ बजेदेखि
प्रतिक्रिया