आठौं राष्ट्रिय महाधिवेशन : आजबाट प्रतिनिधिहरुले सामूहिक छलफलको निष्कर्ष सुनाउने

काठमाडौं, १४ पुस । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा आजबाट प्रतिनिधिहरुले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने भएका छन् ।

दिउँसो एक बजेदेखि टोली नेताले छलफलको निष्कर्ष सुनाउने कार्यतालिका छ । निष्कर्ष सुनाउन टोली नेतालाई १५ मिनेटको समय दिइएको छ ।सोमबारदेखि बन्दसत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । ती प्रतिवेदनमा छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा विभाजन गरिएको थियो ।

प्रज्ञा भवन, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र पार्टी प्यालेसमा बसेर प्रतिनिधिहरुले प्रतिवेदनमा छलफल थालेका थिए ।२५ मध्ये अधिकांश समूहले छलफल सकिसकेको माओवादी केन्द्रको प्रचार प्रसार उपसमितिले जनाएको छ । समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिले अध्यक्ष दाहालद्वारा प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समर्थन जनाउँदै विभिन्न सुझाव राखेको माओवादी केन्द्रले जनाएको छ । छलफल सक्न बाँकी समूहलाई आज दिउँसो १२ बजेसम्मको समय दिइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति