माओवादी महाधिवेशनमा भोलि १ बजेदेखि बन्दसत्र

काठमाडौं, १३ पुस । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र बुधबार सुरु हुने भएको छ ।

मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

माओवादी केन्द्रको महाधिवेशमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल भइरहेको छ । समूहगत छलफलका लागि २५ समूह बनाइएको छ । बुधबार दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा समूहका संयोजकहरुले छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति