आठौं महाधिवेशन: बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल जारी

काठमाडौँ, १३ पुस । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा पेस भएका प्रतिवेदनमाथि आज समूहगत छलफल भइरहेको छ ।
पार्टी मुख्यालय पेरिसडाँडादेखि विभिन्न पार्टी प्यालेससहितका स्थानमा २५ वटा समूहमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि छलफल भइरहेको हो ।समूहमा अध्यक्ष प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनबाट छलफल थालिएको छ ।

आइतबार शुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार प्रचण्ड र गुरुङले पेस गरेको प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल शुरु भएको हो ।समूहका नेताले बुधबार बिहान ११ बजेसम्ममा समूहको निष्कर्ष दिनुपर्नेछ । बिहीबारसम्म चल्ने भनिएको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति सदस्य चयन गर्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति