एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै

काठमाडौं, १३ पुस । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ । मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा हुन लागेको हो ।

नेकपा (जनवादी) पार्टीले २०६२ सालमा जुनयुद्धकै बेला तत्कालिन नेकपा माओवादीबाट विद्रोह गरेको चुङवाङ बैठकबाट प्रचण्डको कार्यदिशामा असहमति जनाउँदै आफूहरुले विद्रोह गरेको नेकपा जनवादीकी नेतृ जानुका श्रेष्ठले बताइन् ।नेकपा जनवादीको नेतृत्व देवन्द्रसिंह महताले गरिरहेका छन् ।

महतासहित जानुका श्रेष्ठ, हिमालचन्द्र खरेल, साधुराम चौंलागाई, श्यामबहादुर बूढा, छत्र लाखे, विनोद थापा, मिना गिरी लगायतका नेताहरु एकीकृत समाजवादीमा समाहित हुने भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति