माओवादी महाधिवेशन: देव गुरुङले पेश गरे विधान मस्यौदा

काठमाडौं, १२ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् ।
सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि नेता गुरुङले विधान मस्यौदा पेश गरेका हुन् ।विधान प्रस्ताव पारित भएलगतै महाधिवेशनमा उपस्थित प्रतिनिधिहरुको समूह विभाजन गरेर अध्यक्ष प्रचण्डले पेश गरेको वैचारिक तथा राजनीतिक दस्तावेज र गुरुङले पेश गरेको विधान मस्यौदामाथि छलफल हुने माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति