देउवा-प्रचण्डले गरे एक-अर्काको खुलेर प्रशंशा : काँग्रेसले २००७ सालमा उठाएको संविधानसभा प्रचण्डको अगुवाईमा पूरा

काठमाडौँ, ११ पुस । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक-अर्काको प्रशंसा गरेका छन्।

माओवादी केन्द्रको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक अर्काको खुलेर प्रशंशा गरे ।सुरुमा बोलेका देउवाले प्रचण्डकै कारण संविधानसभा चुनाव भएको बताए ।

प्रचण्डको अगुवाईमा संविधानसभा भएको बताए । उनले अहिलेको देशमा भएको उपलब्धिमा प्रचण्डलाई नायक जसरी प्रस्तुत गरे । नेपालको राजनीतिमा प्रचण्डको ठूलो योगदान छ भन्दै सम्बोधन शुरु गरेका उनले भने, ‘उहाँको बलले संविधानसभामा हामीहरु गएका हौं । पुष्पकमलजीकै अगुवाइमा संविधानसभाको चुनाव भएर संविधानसभाबाट संविधान बनेको छ ।

’काँग्रेसले २००७ सालमा उठाएको संविधानसभा प्रचण्डको अगुवाईमा पूरा भएको बताए । देउवाले अहिलेको गठबन्धन कसैका विरूद्ध नभएकाले चुनावसम्म जाने बताए। ‘यो संविधान र संसद बचाउन भएको गठबन्धन हो। हामी चुनावपछि पनि गठबन्धन लैजान चाहन्छौं,’ देउवाले भने। देउवाले आफ्नो खुलेर प्रशंशा गरेपछि प्रचण्डले पनि देउवाको प्रशंशा गरे । देउवालाई निर्दोष जस्तो लाग्ने र ठूलो स्टेटमेन्ट दिने नेता भने । उनले भने,‘बढो निर्दोष लाग्ने देउवाजीले सबै प्रचण्डले गर्दा भयो भन्दिनुभयो । ठूलो स्टेटमेन्ट दिनुभयो ।’

देउवा इतिहासको खास खास मोडमा ठूलो स्टेटमेन्ट दिने र त्यसले देशको राजनीतिमा दूरगामी असर पर्ने गरेको सुनाए । उनले भने,‘जतिबेला म विद्रोहीको नेता थिएँ उहाँले प्रचण्ड बहादुर नेता हो भन्दिनुभयो ।’

प्रचण्डले देउवासँग राजनीतिक इमान्दारिता समेत भएको टिप्पणी गरे । बोलेको पूरा गर्ने नेताका रुपमा विश्लेषण गरे । आफूलाई विगतमा देउवाले राजनेता सम्म भनेको बताए । काँग्रेसभित्र देउवाको आलोचना हुनसक्ने तर छाला धेरै दह्रो भइसकेको टिप्पणी गरे ‘तर उहाँसँग धेरै अनुभव छ। सानातिना विरोधले केही हुँदैन,’ प्रचण्डले भने,‘उहाँको छाला दह्रो भइसक्यो।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति