म्यान्डेट खण्डित भएपछि फेरी जनताकोमा जाउँ भन्नु सही निर्णय हो : शङ्कर पोखरेल

काडमाडौं, ११ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमार्फत जनतामा जान गरिएको निर्णयलाई प्रतिगमनको संज्ञा दिइएको भन्दै दु ख व्यक्त गरेका छन्।

माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन समारोहलाई आइतवार प्रज्ञा भवनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले मा‌ओवादी र एमाले मिलेर बनेको गठबन्धनलाई दिइएको जनादेशको रक्षा गर्न नसकेपछि ताजा जनादेशमा जाने निर्णय लिएको पनि बताएका छन्। हामीले जनादेशको रक्षा गर्न सकेनौँ। जनताबाट पाएका म्यान्डेट खण्डित भएपछि जनताबीचमा जान सक्नुपर्थ्यो।

उनले भने, तर त्यसलाई प्रतिगमनको लेपन लगाइएको छ। जनतामा जाने कुरा प्रतिगमन होइन।पोखरेलले पार्टी निर्माणमा कार्यकर्ता र देश निर्माणमा जनताको सम्प्रभुता हुने पनि बताए। एउटा पार्टी निर्माणमा कार्यकर्ताको सम्प्रभूता र देश निर्माणमा जनताको सम्प्रभूता हुन्छ। उनले भने, मा‌‌ओवादी र एमाले एकता किन टुट्योरु हामीले समीक्षा गरौँ। राजनीतिक मतभेद त भइरहन्छ। तर हामीले यसबारे सोच्नु जरुरी छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति