माओवादी र मधेश विद्रोह नभएको भए देशमा अझै निरङ्कुशता बाँकी रहन्थ्यो : अध्यक्ष उपेन्द्र यादव

काठमाडौं, ११ पुस । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले माओवादीको जनयुद्ध र मधेश आन्दोलन नभएको भए अझै पनि निरङ्कुशता जारी नै रहने बताए । माओवादी केन्द्रको महाधिवेशनमा आज आइतवार शुभकामना दिने क्रममा अध्यक्ष यादवले भने, ‘माओवादी र मधेश विद्रोह नभएको भए देशमा लोकतन्त्र आउने थिएन, निरङ्कुशता हुने थियो । माओवादी र मधेश विद्रोहले देशलाई अघि बढाएको हो ।

’प्राप्त उपलब्धिलाई पनि केही प्रतिगामी तत्त्वहरुले खतरामा पारिरहेको भन्दै गठबन्धनलाई बलियो बनाएर लैजानुपर्ने जसपाका अध्यक्ष यादवको भनाइ छ ।

संविधानले मधेशका नागरिकको हक अधिकारलाई सम्बोधन गर्न नसकेको भन्दै यादवले संविधान संशोधन गरेर सबैका अधिकारलाई संविधानमा समेट्नुपर्ने बताए । अध्यक्ष यादवले अझै पनि देशमा मधेशका मुद्दा सम्बोधन हुन नसकेको, उत्पीडित र शोषित वर्गको अधिकार र पहिचानलाई राज्यले महत्त्व नदिएको लगायतका गुनासो गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति