माओवादी महाधिवेशन हलमा सीपी गजुरेल बोल्दा हुटिङ र ताली


काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रको महाधिवेशनलाई शुभकामना दिन पुगेका नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले शुभकामना मन्तव्य राख्दा हलमा हुटिङ र ताली बजेको छ ।आज आइतवार शुभकामना दिने क्रममा गजुरेलले आफूलाई पुराना दिनको सम्झना आएको र माओवादी तथा अध्यक्ष प्रचण्डसँगका विगतमा सँगै रहेको याद आएको बताए । उनले त्यसो भन्दा हलमा सहभागी माओवादीका कार्यकर्ताले ताली बजाउँदै हुटिङ गरेका थिए ।

‘आज मलाई कुनै समयमा हामी नेकपा माओवादी हुँदा वर्षौँसम्म सँगै बसेको अनुभूति भएको छ । यहाँ सहभागी हुँदा पुराना दिन सम्झाना भयो’, गजुरेलले भने ।प्रचण्डले बेला–बेला सबै पूर्वमाओवादी एक हुनुपर्छ भनेको सुन्दा खुसी लाग्ने गरेको बताउँदै गजुरेलले त्यसका लागि केही आधार हुनुपर्ने बताउनुभएको छ ।

‘हामी चाहन्छौँ नेपालमा भएका सबै कम्युनिस्ट एक ठाउँमा हुनुपर्छ, हामीले लिएको लक्ष्य पूरा गर्न हामी सबै क्रान्तिकारी एक ठाउँमा हुनुपर्छ, तर त्यसका लागि केही आधार हुनुपर्छ’, उनले भने । ‘यदि पूर्वमाओवादी एकजुट हुने हो भने यो महाधिवेशनले जनयुद्ध सुरु गर्नुअघिको केन्द्रीय कमिटीको बैठकमा जाहेर गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ । जनयुद्धको लक्ष्य अपूरो छ, नेपाललाई जनगणतन्त्रिक देश बनाउनुपर्छ । राष्ट्रिय स्वाधीनताको विषयमा महत्त्वपूर्ण निर्णय लिनुहोस् । एमसीसी खारेज गर्नुहोस् । नेपालले गुमाएका भू–भाग नक्सामा मात्रै नभइ व्यवहारमै नेपालले पाओस्, त्यसपछि एकताको कुरा गरौँ’, गजुरेलले थपे

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति