सिराहामा सिके राउतका कार्यकर्ताद्धारा सवारी साधनहरू तोडफोड

काठमाडौं,११ पुस ।  सिराहामा सिके राउतका कार्यकर्ताहरुले सवारी साधनहरू तोडफोड गरेका छन् । बन्द उल्लंघन गरेको भन्दै मिर्चैयामा गाडीहरू तोडफोड गरेका हुन् ।

एसपी हिरा पाण्डेका अनुसार मिर्चैयामा सीके राउतका कार्यकर्ताहरूले चार/पाँच वटा गाडीहरूको सिसा फुटाएका छन् । प्रहरी नभएको मौकामा उनीहरूले गाडीमा तोडफोड गरेको पाण्डेले बताए । ‘चार/पाँच वटा गाडीहरू तोडफोड भएका छन्, सडक बन्द गर्न भने दिएका छैनौं, लामो र छोटो दुरीका गाडीहरू चलिरहेका छन्,’ एसपी पाण्डेले भने ।

बल प्रयोग गरेर प्रहरीले बाटो खुलाएको उनले बताए ।औरही गाउँपालिकाबाट गहुँ लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेपछि सीके राउत नेतृत्वको जनमत पार्टीले आज बन्द आह्वान गरेको छ ।औरही गाउँपालिकाले किसानलाई नै वितरण गर्न भन्दै स्थानीय स्वास्थ्य चौकीमा गहुँको बिउ भण्डारण गरेर राखेको थियो । तर गहुँ वितरण गर्न ढिलाइ गरेको भन्दै केही किसानहरुले यही पुस २ गते सो गहुँ आफैं लगेका थिए ।गहुँ लुटेको आरोपमा प्रहरीले चार जनाविरुद्ध मुद्दा दायर गरेको छ भने तीमध्ये, एक जनालाई पक्राउ गरेको छ । यसको विरोधमा जनमत पार्टीले गाउँपालिकामा तालाबन्दी गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board