माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी एसपीको कमाण्डमा सुरक्षा प्रवन्ध

काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।राष्ट्रिय महाधिवेशनको सुरक्षार्थ एसपीको कमाण्डमा प्रहरीको टोली परिचालन गरिएको छ । सुरक्षाका लागि ३५० भन्दा बढी प्रहरी खटाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिए ।यसैगरी रानीपोखरी र दरबारमार्गका डिएसपीका कमाण्डमा रिजर्भ टोली पनि परिचालन गरिएको छ ।

नेपाल प्रहरीका साथै, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको टोली पनि कार्यक्रम स्थल र मुख्य सडक क्षेत्रमा खटाइएको छ । गतिविधि निगरानीका लागि सीसीटीभीबाट अनुगमनको व्यवस्थासमेत मिलाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

आन्तरिक व्यवस्थापनमा माओवादीको युवा संगठन वाईसीएल लगायत जनवर्गीय संगठनका स्वयंसेवक टोली खटाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति