काठमाडौँ, १० पुस । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक दस्तावेजका साथै अन्य तयारीबारे छलफल गर्ने तयारी छ ।
आज प्रचण्डको राजनीतिक प्रतिवेदनमा स्थायी कमिटी सदस्यहरुले सुझाव दिनेछन्। त्यसपछि ती सुझाव समेटेर अध्यक्षले प्रतिवेदनलाई अन्तिम रुप दिने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्।
राष्ट्रिय सम्मेलनमा पेश हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान प्रतिवेदनका बारेमा दुई दिनसम्म समूहगत छलफल हुने भएको हो ।
१ हजार ६ सय ८ पुग्ने प्रतिनिधि
सम्मेलनमा आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, विभिन्न आयोग, विभाग तथा प्रदेशबाट गरी १ हजार ६ सय ८ जना प्रतिनिधि सहभागी हुनेछन् ।
राष्ट्रिय सम्मेलनका लागि १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ। नियमित प्रक्रियाबाट आएका एक हजार ४८३ र त्यसको १० प्रतिशत मनोनयन अध्यक्षले गर्ने बताइएको छ।
यसअघि सम्मेलनमा एक हजार पाँच सय ३३ प्रतिनिधि हुने भनेको भए पनि शुक्रबार बसेको बैठकले त्यो संख्या बढाएर एक हजार ६०८ पुर्याएको हो। १० प्रतिशत भनेको १ सय ४८ जना हुन्।
प्रतिक्रिया