सम्मेलनका लागि १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई : भोलि पुनः बैठक बस्ने

काठमाडौं, ९ पुस। नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।
शुक्रबार बसेको स्थायी समितिको बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा प्रचण्डलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । यसअघि माओवादीले ५ प्रतिशत मनोनयन गर्ने भनेकोमा त्यसलाई बढाएर १० प्रतिशतमा पुर्‍याएको हो ।१० प्रतिशत मनोनय गर्दा १ सय ४८ जना प्रतिनिध छानिने छन् । माओवादीले यसअघि सम्मेलनमा १५ सय ३३ प्रतिनिधि हुने भनेको भए पनि अब त्यो संख्या १६ सय ८ हुने छ।बिहान शुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेका थिए । दिउँसो तीन बजे पुनः बैठक बसेर त्यसमा छलफल भएको थियो । महराले भोलि पनि पुनः बैठक बस्ने जानकारी दिए। माओवादीले आगामी पुस ११–१३ मा राष्ट्रिय सम्मेलन गर्न गइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति