एसएसपी यादव निवासभित्र झुन्डिएको अवस्थामा फेला

काठमाडौं, ९ पुस । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील यादव शुक्रबार बिहान आफ्नै सरकारी निवासभित्र मृत फेला परेका छन् ।

संघीय प्रहरी कार्यालय लुम्बिनीका प्रमुख रहेका उनी निवासभित्र झुन्डिएको अवस्थामा फेला परेको दाबी गरिएको छ ।यादव २०४९ सालमा सेवा प्रवेश गरेका अधिकृत हुन् । ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते यादवले अवकाश पाउन लागेका थिए । उनको मृत्युको एकिन कारण भने खुलेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति