बंगलादेशमा यात्रुले भरिएको डुंगामा आगलागी हुँदा ३२ जनाको मृत्यु

एजेन्सी । दक्षिणी बंगलादेशमा यात्रुले भरिएको डुंगामा आगलागी हुँदा कम्तीमा ३२ जनाको मृत्यु छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार बिहान आगो लागेको हो । दुर्घटनाग्रस्त फेरीमा ५०० जना यात्रु थिए । तीन तले फेरी नदीको बीचमा छँदा आगो लागेको र आगलागीमा जलेका ३२ जनाको शव फेला पारेका छन् । साथै मृतकको संख्या अझै बढ्न सक्ने बताईएको छ ।

आगो लागेपछि केही नदीमा हाम फालेका थिए । फेरीमा आगो लागेर घाइते १०० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बंगलादेशमा बारम्बार फेरी दुर्घटनामा पर्ने गरेका छन् । मर्मतसम्भारको अभाव, न्यून सुरक्षा र क्षमताभन्दा बढी यात्रुका कारण फेरी दुर्घटनामा परेको विज्ञहरू बताउँछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति