श्रीमतीको चिर्पट प्रहारबाट श्रीमानको मृत्यु

काठमाडौं, ८ पुस । सिरहाको धनगढीमाई नगरपालिका–१४ मरान बस्ने ४० वर्षीय टेक बहादुर बिकको उनकै श्रीमतीको कुटपिटबाट मृत्यु भएको छ।

आपसी बादबिबाद एवं झगडामा उनकै श्रीमती ३५ वर्षीया हर्क माया बिकले बिहीबार राति दाउराको चिर्पटले टाउकोमा हिर्काई गम्भीर घाइते भएका टेक बहादुरको उपचारको लागि आरके मेडिसिटि अस्पताल धनगढीतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको थियो।

उनको शव धनगढीमाई नगरपालिका–१३ भुल्लेस्थित टेक बहादुरकै भाइ बुद्ध बहादुर विकको घरमा राखिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले हर्क मायालाई पक्राउ गरेको हो।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति