त्रिविले शिक्षक र कर्मचारी राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बने कारबाही गर्ने

काठमाडौं,८ पुस। त्रिभुवन विश्वविद्यालयले राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न शिक्षक तथा कर्मचारीलाई चेतावनी दिएको छ ।
महाधिवेशन वा विधान अधिवेशनमा प्रतिनिधिको रूपमा भाग लिएको भनी समाचारहरू सार्वजनिक भएको भन्दै त्रिविले त्यस्ता कर्मचारी तथा शिक्षकलाई विभागीय कारबाही अघि बढाउने चेतावनी दिएको हो ।

त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवासम्बन्धी नियमले राजनीतिक निर्वाचनमा उम्मेदवार हुन वर्जित गरेको त्रिवि कर्मचारी प्रशासन महाशाखाले सार्वजनिक सूचनामार्फत सचेत गराएको हो ।‘विश्वविद्यालय सेवामा कार्यरत पदाधिकारी, प्रचलित कानूनअनुसार राष्ट्रसेवकको परिभाषाभित्र पर्ने भएकोले त्यसरी निर्वाचनमा वा महाधिवेशनमा वा विधान अधिवेशनमा प्रतिनिधिको रूपमा भाग लिने कार्य विश्वविद्यालयको नियम र राजनीतिक दलसम्बन्धी ऐनको विपरीत हुने भएकोले त्यस्तो कार्यमा सहभागी वा संलग्न नहुन हुन सूचित गरिन्छ’, त्रिविले भनेको छ, ‘अन्यथा त्यस्तो कार्यमा संलग्न भएको प्रमाणित हुन आएमा त्रि.वि. नियम अनुसार विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाइने कुरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति