पुस ३० गतेदेखि खिचरा महोत्सव

चितवन, ७ पुस । थारु समुदायको कला संस्कृतिलाई संरक्षण गर्न प्रत्येक वर्ष आयोजना गरिँदै आएको खिचरा महोत्सव यसवर्ष पुस ३० गतेबाट हुने भएको छ ।

खैरहनीस्थित गौचरनमा महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सव आगामी माघ १० गतेसम्म चल्ने छ । महोत्सवको तयारी भइरहेको आयोजक थारु कल्याणकारिणीसभा क्षेत्र नं ७ ले जनाएको छ । “राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति भाषा संस्कृति नेपालको पहिचान” भन्ने मूलनाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो । आठौँ खिचरा महोत्सवमा यस पटक स्थानीय थारु संस्कृतिको पहिचानलाई थप उजागर गर्ने तथा नयाँ पुस्तालाईसमेत मौलिक कला संस्कृति संरक्षणमा अग्रसर गराउने थारु कल्याणकारिणीसभा क्षेत्र नं ७ का सभापित चुडामणि चौधरी बताए । महोत्सवको मुख्य आकर्षणको रुपमा थारु समुदायको मौलिक खाना चिचर, पोका, घुँगी, माछा, हाँसलगायत विभिन्न परिकार रहनेछन् । कोभिडका कारण गतवर्ष रोकिएको महोत्सव यसवर्ष हुन लागेको हो ।

यसैबिच महोत्सव सम्पन्न गर्न चुडामणि चौधरीको संयोजकत्वमा ११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिको आर्थिक संयोजकमा जीतबहादुर चौधरी, स्टल, मञ्च, कृषि, शौचालय तथा गेट व्यवस्थापनमा रामचन्द्र चौधरी, टिकट सचिवालयमा दिपनारायण राउत, सांस्कृतिक, झाँकी, कलाकार तथा शोभा ¥याली व्यवस्थापनमा विक्रम चौधरी, पार्किङ तथा खेलकूद व्यवस्थापनमा सानु चौधरी, खानेपानी तथा विद्युत् व्यवस्थापनमा विष्णु चौधरी, सुरक्षा तथा स्वयम्सेवक व्यवस्थापनमा सरोज चौधरी, आन्तरिक पर्यटन तथा यातायात व्यवस्थापनमा रामेश्वर चौधरी, प्रचारप्रसार विभाग प्रमुखमा जीतेन्द्र चौधरी र छपाई तथा मसलन्द व्यवस्थापनमा छन्नु चौधरी रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति