काठमाडौं, ६ पुस । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन्।
यता नेपालतर्फ बाँझो जमिन छ, उता भारततर्फ खेती भइरहेको छ यो कदापी हुँदैन, ओलीले भने।कपिलवस्तुको बहादुरगंजमा मंगलबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सिँचाइका योजना सुरू हुन लागिरहेकोले कपिलवस्तु जिल्लाले अब विकास चाहेको बताए।
कपिलवस्तुमा कृषि सिँचाइको लागि अब नौमुरे योजना छिट्टै सुरू हुन्छ,अध्यक्ष ओलीले भने।ओलीले कपिलवस्तुलाई औद्योगिक सहर बनाउने योजनाका साथ काम अघि बढाइने र हुलाकी राजमार्ग निर्माणका लागि विशेष ध्यान दिने बताए।
एमालेसँग मात्र देश बनाउने नीति भएको दाबी गर्दै उनले बेसहारा, अभिभावकविहीनको पार्टी नेकपा एमालेमात्र भएको बताए।एमालेले बेसहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको उनको भनाइ छ।जेष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि एमाले सरकारको पालामा औषधि उपचारको व्यवस्था गरेको उनले दाबी गरे।अध्यक्ष ओलीले आफ्नो कार्यकालमा भारतसँग सुमधुर सम्बन्ध स्थापित गरेको बताए।
प्रतिक्रिया