समाचार संकलनमा रोक लगाउनु निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती : महासंघ

काठमाडौँ, ६ पुस । नेपाल पत्रकार महासंघले समाचार संकलनमा रोक लगाउनु निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको बताएको छ । प्रतिनिधिसभा बैठकको समाचार संकलनका लागि गएका पत्रकारहरूलाई मंगलबार संसद् सचिवालयले रोक लगाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासंघले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न आग्रह गरेको छ ।

सार्वजनिक सरोकारको विषयमा नागरिकलाई सुसूचित गर्ने संवैधानिक दायित्व निर्वाहमा जुटेका पत्रकारलाई एकाएक समाचार संकलनमा रोक लगाउनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो, महासचिव रोसन पुरीले मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गरी आगामी दिनमा यस्ता कार्य नदोहोर्‍याउन र निर्वाध प्रेस स्वतन्त्रता उपभोगको वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछ ।

पत्रकारलाई संघीय संसद् भवनको प्रतिनिधिसभामा रहेको पत्रकार कक्षमा ‘माथिको आदेश भन्दै’ सुरक्षाकर्मीले प्रवेश गर्न रोक लगाएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति