कांग्रेस मधेसी कोटामा ५ केन्द्रीय सदस्य निर्वाचित (को कति औं स्थानमा सूचिसहित)

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेसीतर्फ पाँच जना निर्वाचित भएका छन् । सार्वजनिक परिणाम अनुसार अजय चौरसिया २५२२, चन्द्रमोहन यादव २१३८ र दिनेश कुमार यादव १९५९ मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।चन्द्रमोहन यादव पूर्व राष्ट्रपति डा। रामबरण यादवका छोरा हुन् । यस्तै, महेन्द्रकुमार राय १९८४ र विनोद चौधरी २२०६ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।निर्वाचित भएका सदस्यहरु चन्द्रमोहन बाहेक सबै सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति