एमसीसी आजै पारित गर्ने ? सुरक्षा निकायलाई तम्तयार अवस्थामा बस्न निर्देशन

काठमाडौं, ६ पुस । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी सम्झौता संसदबाट पारित हुने आकलनका साथ आज सुरक्षा निकायलाई चनाखो रहन निर्देशन दिइएको छ ।

प्रहरी प्रधान कार्यालयले नक्साल हेडक्वार्टरमा कार्यरत सबैलाई चुस्ता (नीलो पोशाक) लगाएर बस्न आन्तरिक सूचना जारी गरेको हो ।प्रधान कार्यालयको सूचनामा ‘तहाँ कार्यरत जवानदेखि निरीक्षकसम्मका प्रहरी कर्मचारीहरुले चुस्ता लगाएर तम्तयार अवस्थामा बस्नु’ भनिएको छ ।

आजको संसद बैठकमा एमसीसी सम्झौता पेश हुने र आजै पारित गर्ने सरकारको रणनीति भएकाले प्रहरीले सोहीबमोजिम सुरक्षा प्रबन्ध मिलाउन खोजेको स्रोतको दाबी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति