जसपाका पूर्व सांसद गुप्तालाई एमालेमा प्रवेश गराउँदै ओली

रूपन्देही, ६ पुस । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार राती रुपन्देही आएका छन् । सोमबार राती ८ बजे भैरहवा आएका उनी मणिग्रामस्थित ड्रिम ल्याण्ड होटलमा बसेका छन् ।

मंगलबार दिउँसो कपिलवस्तुको बहादुरगन्जमा पुराना नेता मंगलप्रसाद गुप्तासहित ठूलो संख्यामा एमाले प्रवेश गर्ने कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली रुपन्देही पुगेको एमाले सचिव छविलाल विश्वकर्माले बताए ।मौसम खराबीले नियमित उठानमा समस्या भएकाले अध्यक्ष ओली एकदिन पहिले नै आएको एमाले नेताको भनाई छ । यसअघि मंसिर १ गते बाँकेको नेपालगन्जमा नेता पशुपति दयाल मिश्रसहित ४ हजार ५ सय नेता कार्यकर्ता प्रवेश कार्यक्रममा ओली पुगेका थिए । पूर्व सांसद गुप्ता २०७४ को निर्वाचनमा कपिलबस्तु ३ बाट संघीय समाजवादी फोरमको उम्मेदवार थिए । उनी कांग्रेसका अभिशेक प्रताप शाहसँग निकटतम प्रतिद्धन्दी थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति