गौतमलाई पराजित गर्दै माओवादी केन्द्र बागमतीको अध्यक्षमा सरल सहयात्री ( कसले कति मत पाए सूचिसहित)

काठमाडौँ, ६ पुस । लामो समयको रस्साकस्सीपछि नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । सोमबार राति भएको निर्वाचनमा प्रतिद्वन्द्वी दिनानाथ गौतमलाई ८६ मतले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् ।

सरल १६२ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी गौतमले ८६ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना निर्वाचित भएका छन् । त्यस्तै सचिवमा इन्द्रबहादुर थिङ र सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित भएकी छिन् ।वाग्मती प्रदेशको मंसिर २५ र २६ गते काठमाडौंमा भएको सम्मेलनमा २७५ जना सदस्य चयन भए पनि पदाधिकारीमा सहमति हुन सकेको थिएन । अध्यक्षलगायत पदाधिकारीमा सहमतिका लागि लामो समयसम्म प्रयास हुँदा पनि पौडेल र गौतमले दाबी नछोडेपछि निर्वाचनमा गएको हो ।

यसअघि अध्यक्षका लागि आधा दर्जनभन्दा बढी नेताले दाबी गरेका थिए ।माओवादीमा विवादका कारण कुनै प्रदेशमा पदाधिकारी मात्रै चयन गरिएका छन् भने कुनै प्रदेशमा पदाधिकारी बाहेकका सदस्यहरू मात्रै छनोट भएका छन् । अन्य प्रदेश कमिटी पदाधिकारी र सदस्य चयनका लागि निर्वाचन हुन नसके पनि वागमती प्रदेशमा भने निर्वाचन भएको हो ।

कसले कति मत पाए ?

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति