काठमाडौं, ५ पुस । क्षेत्रीय संगठन बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक0सदस्य मुलुकबीच मानवीय सहायता तथा विपद् राहतसम्बन्धी बहुद्देश्यीय सैन्य अभ्यास भारतको पूणेमा सोमबार सुरु भएको छ। भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरभाणेले उद्घाटन गरेको ‘प्यानेक्स–२१’ नामक सैन्य अभ्यासमा बिमस्टेक सदस्य मुलुकहरु नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका सैनिक तथा विज्ञ प्रतिनिधी सहभागी छन्।सो सैन्य अभ्यासमा नेपाली सेनाका एकजना महासेनानी र नयाँ दिल्लीस्थित नेपाली दुतावासका सैनिक सहचारी सहभागी छन।
‘नेपाल पर्यवेक्षकका रुपमा अभ्यासमा सहभागी भएको छ’ नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लब पौडेलले भने।प्राकृतिक विपत्तिको सामना गर्न बिमस्टेक सदस्य मुलुकबीच संयुक्त संयन्त्र निर्माण गर्ने उद्देश्यले तीन दिने सैन्य अभ्यास शुरु भएको हो।अभ्यास उद्घाटन गर्दै भारतीय सेनाध्यक्ष नरभाणेले कोरोना महामारीले सिर्जित संकटले सबैलाई पाठ सिकाएको बताउँदै यसखाले महामारीसँग लड्न विश्वब्यापी तथा क्षेत्रीय सहकार्य आवश्यक रहेको उल्लेख गरे। ‘कोरोना महामारीपछिको अवस्थामा महामारीको प्रतिरोधात्मक नियन्त्रण, न्यूनीकरण रणनीति तथा नियम पालनाका सवालमा हामी सबैले पाठ सिकेका छौं’ उनले भने।भोलि मंगलबार भारतका रक्षामन्त्री राजनाथ सिंहले यो अभ्यास अवलोकन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया