कमलो मनका प्रचण्डले ओलीजस्तो ज्याद्रो मान्छेलाई चिन्नुभएन : नेता नेपाल

काठमाडौं, ५ पुस ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डलाई अन्याय गरेको बताएका छन् । कमलो मनका प्रचण्डले ओलीजस्तो ज्याद्रो मान्छेलाई चिन्न नसकेको उनले गुनासो गरे । पुस ५ का सन्दर्भमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालले ओलीलाई धुन्धुकारी व्यक्तिको संज्ञा दिए ।

ओलीले प्रचण्डसँग आलोपालो अध्यक्ष र प्रधानमन्त्रीका लागि गरेको सहमति पालना नगरेको नेपालले बताए । उनले भने ‘पार्टीमा ओलीले मनोमानी गर्न थालेपछि एक अध्यक्षले पार्टी र अर्कोले सरकार सञ्चालन गर्ने जोडदार माग उठ्यो । सरकार र पार्टी आलोपालो चलाउने सहमति पनि भयो । तर कमरेड प्रचण्ड सोझो हुनुभयो ।

अब मेरो पालो भन्नुपथ्र्यो नि, भन्दै नभन्ने । भर्खरै एकता भएको छ, पार्टी एकता विग्रिन्छ भनेर होला । उहाँको कमलो मनमा त्यही परेछ । केपी ओलीजस्तो ज्याद्रो मानछेलाई उहाँले चिन्नु भएन । मत हत्तुहैरान भएको मान्छे । तर उहाँलाई पनि ओलीले सहन सकेनन् ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति