सेटिङ नभएको भए सूर्य चिन्ह हाम्रो हुन्थ्यो : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ५ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीमाथिको कारबाही निर्वाचन आयोगले अघि बढाएको भए सूर्य चिन्ह यतिबेला आफूहरुको भइसक्ने बताएका छन्।

०७७ पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनका सन्दर्भमा समाजवादी प्रेस संगठनले सोमबार काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले यसो भनेका हुन्। निर्वाचन आयोगले हाम्रो सिफारिस मानेको भए केपी ओली पार्टीविहीन हुने थिए। उनी बबुरो भएर सडकमा पुग्ने थिए , उनले भने, तर ठूलो सेटिङबाट उनलाई जोगाइयो। हामीले उनलाई पार्टीको साधारण सदस्यबाटै निकालेका थियौँ। निर्वाचन आयोगले संविधान अनुसार काम नै गरेन।

उनले पार्टीमा आफूहरुले ७५ प्रतिशत हिस्सा कब्जा गरिसकेको अवस्थामा ओलीले अर्को पार्टी बनाइसकेको बताए। सूर्य चिन्ह पनि हाम्रो भइसकेको थियो। ओलीले त अर्को पार्टी बनाइसकेका थिएु, उनले भने, तर सेटिङका कारण हाम्रो योजना सफल भएन। ओलीले नियुक्त गरेका निर्वाचन आयोगका पदाधिकारीले निष्पक्ष निर्णय दिन सकेनन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति