काठमाडौं, ५ पुस । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको नेतृत्व चयनका लागि आज (सोमबार)) निर्वाचन गरिँदै छ। यही पुस ११–१३ गते आयोजना गरिने राष्ट्रिय सम्मेलनअन्तर्गत सेल, टोल, वडा, स्थानीय तह हुँदै प्रदेश सम्मेलनसम्म आइपुगेको माओवादी केन्द्रले पहिलोपटक चुनावबाट नेतृत्व चयन गर्न लागेको हो।
यसअघि सबै तहका नेतृत्व माओवादी केन्द्रले सर्वसहमतिकै आधारमा चयन गरेको थियो। त्यसो त माओवादी केन्द्रले आफ्नो बागमती प्रदेश नेतृत्व चयन गर्न आज गर्न लागेको चुनाव २०६९ माघ २० मा हेटौंमा सम्पन्न महाधिवेशनपछिकै पहिलो पनि हो।
बागमती प्रदेशको आफ्नो नयाँ नेतृत्व चयन गर्न माओवादी केन्द्रले अहिले बिहान ११ बजे काठमाडौंस्थित अनुपम फुडल्यान्डमा चुनावी प्रक्रिया सुरु गर्दै छ। माओवादी केन्द्रका बागमती प्रदेश सदस्य सरल सहयात्रीका अनुसार कार्यसमिति चयन गर्न आज ११ बजे निर्वाचन कार्यक्रम हुनेछ । बागमती प्रदेशमा २ सय ७५ सदस्य छन्।
नेतृत्वका लागि देवीप्रसाद ढकाल (डीपी), दिनानाथ गौतम, विशाल खड्का, सरल सहयात्रीलगायत आंकाक्षी छन्। सर्वसहमतिको प्रयास असफल भएपछि माओवादी केन्द्रले प्रदेश नेतृत्व चयन चुनावबाट गर्न लागेको हो।
प्रतिक्रिया