कांग्रेसमा नयाँ अनुहार उल्लेख्य : १६ जनाले पहिलोपटक प्रवेश पाए

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा १६ जनाले पहिलोपटक प्रवेश पाएका छन् ।गत सोमबार सम्मपन्न निर्वाचनमा खुला केन्द्रीय सदस्यका लागि ९९ जना चुनावी मैदानमा थिए । त्यसमध्ये ३५ जना निर्वाचित भएका छन् ।खुला केन्द्रीय सदस्यमा डां शशांक कोइरालाले सबैभन्दा बढी मत पाएर एक नम्बर हुँदा कृष्णकिशोर घिमिरे ३५ औं नम्बरमा परेका छन् ।कांग्रेसमा १६ जना पहिलो पटक केन्द्रीय समितिमा पुगेका छन् । जसमा उदयशमशेर राणा, रामहरी खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले, गुरु बराल, सञ्जयकुमार गौतम, डा गोविन्दराज पोखरेल, राजीव ढुंगाना, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, मोहन आचार्य र कृष्णकिशोर घिमिरे रहेका छन् ।

५ जना देउवापक्षीय

खुलातर्फ निर्वाचितमध्ये देउवा प्यानलका २५ र कोइराला प्यानलका ९ जना छन् । शशांक कोइरालालाई भने देउवा, शेखरका साथै प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि आफ्नो प्यानलमा राखेका थिए । केन्द्रीय सदस्यमा निर्वाचितमध्ये एनपी साउद, बालकृष्ण साउद, उदयशमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, जितजंग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनीलबहादुर थापा देउवा पक्षका हुन् ।

नैनसिंह महर, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजीव ढुंगाना, गुरु बराल, मदनबहादुर अमात्य, गणेश लामा, उमेशजंग रायमाझी, मोहन आचार्य, गोपाल दहित र कृष्णकिशोर घिमिरे पनि देउवा प्यानलबाटै प्रतिस्पर्धामा उत्रिएका थिए । कोइराला पक्षबाट अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, रामशरण महत, बलबहादुर केसी, दीपक गिरी, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र दिनेश कोइराला केन्द्रीय सदस्य बनेका छन् । सिंह र निधि प्यानलका कुनै पनि उम्मेदवार निर्वाचित हुन सकेनन् । आइतबारसम्म १३ पदाधिकारी र ३९ सदस्यको परिणाम आएको छ । त्यसमा देउवा प्यानलका सभापतिसहित ३७, कोइराला प्यानलका १३, सिंह प्यानलका १ र साझा १ ९शशांक० जना छन् ।

कांग्रेसको विधानअनुसार सभापतिले निर्वाचनपछि ३३ जना ९२० प्रतिशत० केन्द्रीय सदस्य मनोनयन गर्दै १ सय ६७ सदस्यीय कार्यसमितिलाई पूर्णता दिनेछन् । सभापतिका निकटतम प्रतिद्वन्द्वी शेखर कोइराला स्वतः केन्द्रीय सदस्य हुने वैधानिक प्रावधान छ । यसबाहेक देउवाले सभापति तथा पदाधिकारीमा पराजित र निर्वाचन प्रक्रियामा सामेल नभएका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्न सक्नेछन् । जसमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छादार, कृष्णप्रसाद सिटौला, सुजाता कोइराला, प्रकाशशरण महत, प्रदीप पौडेल, कल्याण गुरुङ, मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, मीन विश्वकर्मा, जीवनबहादुर शाहीलगायत नेता पर्ने सम्भावना छ ।

विधानको धारा २१ मा सभापतिले कार्यसमितिमा एकतिहाइ महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वसमेतलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनयन गर्ने उल्लेख छ ।

जो पराजित भए

निवर्तमान केन्द्रीय समितिमा रहेका र विगतमा केन्द्रीय सदस्य, सांसद तथा मन्त्री भएका केही चर्चित नेताले पराजय भोगेका छन् । विद्यार्थी राजनीतिबाट आएका अधिकांश उम्मेदवारले चुनाव जित्दा नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्य र पूर्वउपाध्यक्ष क्षितिज भण्डारी पराजित भए ।

१ हजार ६ सय ५४ मत ल्याएका आचार्य ३६ औं नम्बरमा परे । ३५ नम्बरमा परेर केन्द्रीय सदस्य बनेका कृष्णकिशोर घिमिरेको १ हजार ७ सय ७ मत छ । पूर्वमन्त्री यज्ञबहादुर थापा, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँ, पूर्वराजदूत सुरेशराज चालिसे, पूर्वसांसदहरू तारिणीदत्त चटौत, मोहनप्रसाद बराल, लोकेश ढकाल र शारदा पौडेल, नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मण बस्नेत प्यानलमा परेर पनि निर्वाचित हुन सकेनन् ।

निवर्तमान केन्द्रीय कार्यसमितिमा रहेका मंगलप्रसाद थारू, टीएन योगी, सुधीरकुमार शिवाकोटी र हरिप्रसाद नेपाल चुनिन सकेनन् । लुम्बिनी प्रदेशका मन्त्री सुरेन्द्र हमाल पनि पराजित भए ।

खुला सदस्यमा को–को ?

शशांक कोइराला (३८३६ मत), एनपी साउद (२९३७), बालकृष्ण खाँण (२८७९), उदयशमशेर राणा (२८४३), रामहरि खतिवडा (२८३२), ज्ञानेन्द्रबहादुर कार्की (२८२०), रमेश लेखक (२७८०), शंकर भण्डारी (२७६२), जिपछिरिङ लामा (२७०२), अर्जुननरसिंह केसी (२६५०), जितजंग बस्नेत (२५५७), गोपालमान श्रेष्ठ (२५३८), मोहनबहादुर बस्नेत (२४७६), सुनीलबहादुर थापा (२४७२), नैनसिंह महर (२४६७), दिलेन्द्रप्रसाद बडू (२४४१), रामशरण महत (२४३४), बलबहादुर केसी (२३८८), गोविन्द भट्टराई (२३५०), कुन्दनराज काफ्ले (२२७९), दीपक गिरी (२२६५), सुरेन्द्रराज पाण्डे (२२०१), पद्मनारायण चौधरी (२०३८), राजीव ढुंगाना (१८९६), गुरू बराल (१८७०), सञ्जयकुमार गौतम (१८६७), गोविन्दराज पोखरेल (१८४३), मदनबहादुर अमात्य (१८३०), अजयबाबु शिवाकोटी (१८११), गणेश लामा (१७८२), दिनेश कोइराला (१७८१), उमेशजंग रायमाझी (१७७६), मोहन आचार्य (१७५१), गोपाल दहित (१७१०), कृष्णकिशोर घिमिरे (१७०७)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति