काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन् । उक्त बैठक बस्नु अघि सत्ता गठबन्धनको बैठक बसेको हो ।
बालुवाटारमा जारी बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने बैठकमा नबसी नै बाहिरिएका छन् । सत्तारुढ गठबनन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी छन् ।
प्रधाननिवास बालुवाटारमा सहभागी भए पनि बैठकमा छलफल नै नगरी नेता नेपाल भने बाहिरिएका हुन् । बाहिरिने क्रममा नेपालले ‘अर्को बैठकमा जान लागेको’ प्रतिक्रिया दिए ।
प्रतिक्रिया