काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सहयात्री दलका प्रमुखहरुसंग प्रमुख प्रतिपक्षी एमालेको संसद घेराउ र होहल्लाका बीच पनि अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नु पर्ने प्रस्ताव गरेका छन् ।
सहयात्री दलका प्रमुखहरुले प्रम देउवाको प्रस्ताव अस्विकार गरेका छन् । शुक्रबार र शनिबार बेग्लावेग्लै देउवाले प्रचण्ड र माधव नेपालसंग एमसीसी पारित गर्नु पर्ने बारेमा कुरा गरेका थिए । बालुवाटार स्रोतकाअनुसार सहयात्री दलका प्रमुखहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले सर्वदलीय सहमति विना प्रस्ताव अघि बढाउन नहुने अडान लिएका छन् ।
माओवादी अध्यक्ष प्रचण्डका मध्यमार्गी प्रस्ताव अनुसार सवै दलहरुसंग पनि छलफल गर्ने र बुद्धिजीवीहरुसंग पनि अन्तरक्रिया गरेर मात्र एमसीसीलाई संसदमा पेश गर्नु पर्ने पक्षमा सत्ता गठवन्धन पुगेको एक मन्त्रीले बताए ।
आज हुन लागेको सर्वदलीय बैठकपनि एमसीसीका बारेमा सहममि कायम गर्ने उद्धेश्यले बोलाइएको हो । शुरु देखि नै प्रधानमन्त्री देउवा र उनको दल नेपाली कांग्रेस एमसीसी पास गर्ने पक्षमा छ भने माओवादी र नेकपा एस नेकपा हुने वेलादेखि नै यसको विरोधमा रहंदै आएका छन् ।
पछिल्लो समय अमेिरिकी अधिकारीहरुले एमसीसी पारित गर्नका लागि देउवा सहितका नेताहरुमाथि दबव बढाइरहेका छन् । देउवा सहयात्री दलको एमसीसी विरोधी मत र अमेरिकीको पारित गर्नु पर्ने दबावमा परेका छन् ।
प्रतिक्रिया