काठमाडौं, ३ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौतालाई संसदमा पेश गर्नेबारेमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्ने भएका छन् ।देउवाले त्यसका लागि आइतवार अपरान्ह सर्वदलीय बैठक बोलाएका छन् ।संसदमा एमालेको अवरोध र एमसीसी पेश गर्ने सन्दर्भमा सहमति जुटाउन सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।
सत्ता गठबन्धनका एक नेता माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनको बैठक बोलाउन देउवालाई आग्रह गरेका थिए । तर देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।यसअघि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको एमाले आइतवार जान्छ कि जाँदैन ? यसबारे अहिलेसम्म छलफल नभएको एमाले नेताहरुले बताएका छन् ।एमसीसी टेबल गर्न सरकारमाथि दबाब छ । तर सत्ता गठबन्धनका नेकपा माअोवादी केन्द्र र नेकपा एस जस्ताको तस्तै एमसीसी पारित गर्न नहुने पक्षमा छन् ।
देउवा भने एमसीसी अहिलेकै अवस्थामा पारित गर्न चाहान्छन् । विपक्षी एमालेले एमसीसी पहिले सरकारले संसदमा पेश गरोस् भन्नेमा छ । सरकारले ल्याउने प्रस्ताव वा विधेयक पारित गर्नु सत्तारुढ दलहरुको काम भएकाले यसमा एमाले अनावश्यक रुपमा प्रयोग नहुने प्रमुख सचेतक विशाल भट्टराईले बताए ।
प्रतिक्रिया