काठमाडौँ, २ पुस । नेपाल पर्पटन बोर्डका सीईओ धनन्जय रेग्मी निलम्बित भएका छन् । पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा आज (शुक्रबार) बसेको बैठकले रेग्मीलाई निलम्बन गरेको हो ।उनीमाथी छानबिन गर्न बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति पनि गठन गरिएको छ । रेग्मी निलम्बनमा परेसँगै वरिष्ठ निर्देशक नन्दिनी थापा लाहेलाई कायमुकायम सिइओको जिम्मेवारी दिइएको छ ।
यसअघि विदेशबाट फर्कने क्रममा आफुले ल्याएको मदिरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका अधिकारीले जाँच गर्न खोज्दा रेग्मीले हातपात गरेको भन्दै उनि विवादमा तानिएका थिए ।उनलाई सोही घटनाको आधारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरणसमेत सोधेको थियो । त्यसयता रेग्मी र पर्यटनमन्त्री प्रेम आलेबीच विवाद बढेको थियो ।
प्रतिक्रिया