काठमाडौँ, २ पुुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीले गलत सन्देश गएको बताएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीबारे पुनर्विचार गर्न आग्रह गरेका हुन् ।अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार देशकै इज्जत जोगाउने क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीले अन्तर्राष्ट्रिय रूपमै नराम्रो सन्देश गएको धारणा व्यक्त गरेका छन् । प्रचण्डसंगको कुराकानीपछि प्रधानमन्त्री देउवाले नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई बुझेर कारबाहीबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नयाँ खेलाडीलाई अवसर दिने कुरा राम्रो भए पनि खेलाडीलाई कारबाही गरेर निरुत्साहित गर्ने काम गलत भएको प्रचण्डको भनाइ थियो ।
प्रधानमन्त्री देउवालाई भेटेर प्रचण्डले भने – क्रिकेटरमाथिको कारबाहीले राम्रो सन्देश गएन
प्रतिक्रिया