मतगणना जारी तीन सहमहामन्त्रीमा देउवा प्यानलकै अग्रता

काठमाडौं, १ पुस ।  नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको सहमहामन्त्रीको मतणना विहीबार जारी छ । ८ सहमहामन्त्रीमध्ये अहिले पार्टी कार्यालय सानेपामा तीन सहमहामन्त्रीको मतगाण्ना जारी छ ।

दलित सहमहामन्त्रीको १७८० मतगणना हुँदा सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवार मानबहादुर विश्वकर्माल झिनो अग्रता बनाएका छन् । उनले ८३९ मत पाएका छन् भने डा। शेखर कोइराला प्यानलका उम्मेदवार जीवन परियारले ८३१ मत पाएका छन् ।

महिला सहमहामन्त्रीको १५०४ मतगणना हुँदा देउवा प्यानकै उम्मेदवार महालक्ष्मी उपाध्याय ९डिना०ले अग्रता लिएकी छन् । उनले ८०३ मत पाउँदा कोइराला समूहकी उम्मेदवार कमला पन्तले ६८३ मत पाएकी छन् ।

यस्तै आदिवासी सहमहामन्त्रीको ८९९ मतगणना हुँदा देउवा प्यालकै भीष्मराज आङ्दाम्बेले ५१८ मतसहित अग्रता लिएका छन् । कोइराला समूहका विकास लामाले ३५७ मत पाएका छन् ।

अन्य पाँच सहमहामन्त्रीको मतणना भने सुरु भएको छैन । पदाधिकारीको गणना सकिएपछि केन्द्रीय सदस्यको गणना सुरु हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति