मतगणना अपडेट २१२०: गगनलाई १३८५, विश्वप्रकाश ८५१ मत

काठमाडौं, पुस १ । नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् ।

२१२० मत गन्दा गगनले १३८५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले ८५१ मत प्राप्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा। प्रदीप पराजुलीले जानकारी दिएका छन् ।​दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटासम्म मत दिन पाउने व्यवस्था छ ।
कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ ।सभापति र उपसभापति पदको मतगणना भने यसअघि नै सकिएको छ ।सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जीत हात पारेका छन् । खड्का देउवा र गुरुङ डा। शेखर कोइराला प्यानलका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति