काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् । १४९५ मत गन्दा गगनले ९५५ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले ६६०, प्रकाशशरण महतले ४९१, प्रदीप पौडेलले ४४९ र मीनेन्द्र रिजालले २७५ र राजाराम कार्कीले ४६ मत प्राप्त गरेका छन् ।दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटासम्म मत दिन पाउने व्यवस्था छ । कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ ।
१०७५ मत गन्दा गगन धेरै अगाडि, विश्वप्रकाश दोस्रो र प्रकाशशरण तेस्रो स्थानमा
प्रतिक्रिया