काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत अहिले उपसभापति पदको मतगणना जारी रहेको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा गणना जारी रहेको हो । अहिलेसम्म २३ सय मत गणना भइसकेको छ । धनराज गुरुङले अग्रता कायम राखेका छन् । उनले ९६० मत प्राप्त गरेका छन् । यस्तै डा। चन्द्र भण्डारी ८७०, पूर्णबहादुर खड्का ८४० र विजयकुमार गच्छदार ६६० मत प्राप्त गरेका छन् ।
कांग्रेस अपडेट : २३ सय मतगणना हुँदा यस्तो छ अवस्था
प्रतिक्रिया