उपसभापति पदको उम्मेदवारको मत गणना सुरू , १० बजेसम्ममा सकिने


काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तरर्गत उपसभापति पदको उम्मेदवारको मत गणना सुरू भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा केही बेरअघि मतगणना सुरू भएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

घिमिरेकाअनुसार आज उपसभापतिका उम्मेदवारको मात्रै मत गणना हुनेछ ।‘आज हामी उपसभापतिकोमात्रै मतगणना गर्छौं। राति दस बजेसम्म सकिन्छ कि भन्नेछ,’ घिमिरेले भने,‘महामन्त्रीको भोलिमात्रै गन्न थाल्छौं।’महामन्त्रीको मत परिणाम आएपछि सहमहामन्त्री र केन्द्रीय सदस्यको मत गणना हुने उनले जानकारी दिए।गत सोमबार उपसभापतिलगायत पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान भएको थियो। सबै मतपत्र पार्टी कार्यालय सानेपामा राखिएको छ।कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, दिव्येश्वरी शाह, सुजाता कोइराला, महेश आचार्य, धनराज गुरूङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन्। कांग्रेस विधानअनुसार दुई जना उपसभापति महाधिवेशनबाट निर्वाचित हुन्छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति