काठमाडौँ, २९ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू भागबन्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने बताएका छन् । महाधिवेशनमा मतदिने प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै सभापतिका उम्मेदवार कोइरालाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र भएकाले पराजयलाई स्वीकार गरेको उनले बताए । उनले आफूलाई मत नदिने कसैप्रति पनि कुण्ठा नभएको बताए । म पराजित भएँ । निर्वाचन भएपछि हार्छ, जित्छ यो स्वभाविक हो । मलाई कुनै कुण्ठा पनि छैन ।
कसले के गर्यो, किन गर्यो मेरो मनमा छैन । यो पार्टीभित्रको आन्तरिक लोकतन्त्र हो, डा. कोइरालाले भने । नेता कोइरालालाई नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिँदै विगत ५ वर्षमा चले जसरी पार्टी चलाउन खोजे सशक्त रुपमा आफ्नो टिम प्रस्तुत हुने चेतावनी समेत दिएका छन् ।१४औं महाधिवेशनले नेपाली कांग्रेसभित्र युवा पस्ताहरुलाई अवसर नै अवसर खोलिदिएको नेता उनको भनाइ थियो । यो चुनावमा हाम्रो राजनीतिक मुद्दा र एजेन्डा स्थापित भएको छ । युवा पुस्तामा नेपाली कांग्रेसभित्र अवसर नै अवसर खोलिदिएका छौं, उनले भने ।
प्रतिक्रिया